३ श्रावन २०७८, आइतवार

रोजगारीको सिलसिलामा युएईमा रहेको युवाहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर दिएका सहयोग गरेका छन्।

रामपुर नगरपालिकाका विभिन्न वडाका ४९ जना र निस्दी गाउपालिका गल्धाका २ युवाहरुबाट संकलित २ लाख ४० हजार रुपैया लागतमा ५र५ लिटर क्षमताको ४ वटा अक्सिजन कन्सन्ट्रेटर नगरपालिकालाई सहयोग गरेका हुन ।

एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्रि नगरप्रमुख रमण बहादुर थापा, वडा अध्यक्षहरु हुमनाथ न्यौपाने, हिमाल मल्ल र स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा युएईमा कार्यरत भई हाल नेपालमा रहेका खगेश्वर बोटे,केशब पाण्डे, युएईमा कार्यरत युवा भुपराज खनालका बुवा लोकनाथ खनाल र प्रेमनारायण र केशब पाण्डेका बुवा गिरीराज पाण्डेको पनि सामाग्री हस्तान्तरण कार्यक्रममा सहभगिता रहेको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर