२ श्रावन २०७८, शनिवार

कपिलवस्तुमा   भोलिबाट भेरोसेल साउन ५ गते सम्म खोप दिइने भएको हो । जिल्लाका सबै स्थानीय तहका वडाका ९६ स्वास्थ्य चौकीबाट खोप दिन लागिएको बताइएको छ ।

सरकारले ५४ वर्षदेखि ५९ उमेर समूहका व्यक्ति तथा औषधी पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।

जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर