३० आषाढ २०७८, बुधवार

मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । यहाँ हामी त्यसको उपचार बताउँदैछौं ।

तुलसीको पात
रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि  दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा –याल चुहिन छोड्छ ।

फिटकिरी
फिटकिरीको पानीले पनि –यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा –याल बन्न पाउँदैन ।

दालचिनी
दालचिनीको चियाले पनि –याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ ।

अमलाको धूलो
अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति –याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठीक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन ।

एजेन्सिवाट

प्रतिक्रिया

सम्बन्धित खवर