२९ चैत्र २०७७

कोरोनाको प्रकोप बढ्दै गएकाले सरकारले तीन साता विद्यालय बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ ।

https://amzn.to/4myfPN5

शनिबार बसेको (सीसीएमसी)को बैठकले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

नेपालमा नयाँ भेरियन्टको कोरोनाको संक्रमण फैलिदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा बढी असर पर्ने निष्कर्ष निकाल्दै विद्यालय जाने उमेर समूहमा बढी प्रभाव देखिने हुँदा विद्यालय बन्द गरेर जोखिम कम गर्न सिफारिस गरिएको हो ।

भौतिक रुपमा विद्यालयको पठान पाठन नगर्ने भएपनि अनलाइनबाट पठानपाठन गर्न सीसीएमसीले सरकारलाई फठाएको सिफारिस पत्रमा उल्लेख गरेको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर