२७ फागुन २०७७

महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक प्रक्रिया हो । यो सबै महिलाहरुमा हुने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी हुन्छ ।

तर पनि प्राय जसो महिलाहरु यस विषयमा खुलेर कुरा गर्न लाज मान्ने गर्दछन् । तर यस सम्बन्धी उचित ज्ञान  नहुँदा कतिपयका लागि यो समस्या बनिरहेको छ । जसका कारण महिलाहरुले मानसिक, शारीरिक दुबै रुपमा पीडा खेपिरहेका हुन्छन् ।

महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुको कारण हाम्रो शरीरिमा हर्मोनको सन्तुलन बिग्रनु हो ।

यसका साथै महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुका विभिन्न कारणहरु हुन्छन् । जस्तै : वंशाणुगत, आमा वा दिदीबहिनीमा बढी रगत बग्छ भने त्यो वंशाणुगत गुण हो । र कतिपय अवस्थामा रगतमा नै खराबी हुँदा पनि त्यसको असर मनिावारीको समयमा देखा पर्दछ ।

महिनावारीको समया बढि रगत बग्छ ? यस्ता छन् कम गर्ने घरेलु उपायहरु :

सुन्तलाको जुस: एक गिलास सुन्तलाको जुसमा दुई चम्चा कागतीको रस मिलाएर दैनिक रुपमा कम्तीमा पनि तीन देखि चार पटकसम्म पिउने ।

धनियाँ: एक गिलास पानीमा धनियाँको पाउडर मिसाएर उमाल्ने र चिसो भएपछि उक्त पानी पिउने ।

अमलाको जुस: अमलाको रस र पुदिनाको रसलाई दहिमा मिसाएर पिउनाले रगत बग्ने समस्या कम हुन्छ ।

मेवा:  यसमा पपाइन एन्जाइम्स पाइन्छ जसले रगत बग्ने समस्या कम गर्छ ।

उखुको जुस: हप्तामा एक पटक उखुको जुस पिउने गर्नाले महिनावारी हुदाँ धेरै रगत बग्ने समस्या कम हुन्छ ।

दालचिनी: एक कप पानीमा दालचिनीको एक डन्डी राखेर उमाल्ने र त्यसलाई चिसो पारेर पिउने गर्नाले पनि रगत बग्ने समस्या कम हुन्छ ।

तरबुजा: तरबुजामा मेग्नेशियम पाइन्छ जसले शरीरिमा प्रोजस्टोन र एस्टोजेन हर्मोनको लेभल व्यालेन्स गर्न मद्धत गर्दछ । महिनावारीको समयमा धेरै रगत बग्दैन

प्रतिक्रिया

सम्बन्धित खवर