२७ माघ २०७७, मंगलवार

अधिकांश महिलालाई स्तनमा देखिने गाँठो क्यान्सरको कारण हुनसक्ने चिन्ता हुन्छ ।

https://amzn.to/4myfPN5

तर, स्तनमा गाँठो जहिले पनि क्यान्सरको कारण नहुन सक्छ ।

स्तनमा भएका कोषमा असामान्य परिवर्तन आई अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

त्यो प्रक्रिया क्यान्सर हुने वा नहुने दुवै प्रकृतिको हुन सक्छ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ र शरीरको कुनै पनि भागमा फैलिन सक्छ ।

स्तन क्यान्सरको पहिलो लक्षणमा सामान्यतया स्तनको कुनै ऐक भागको टिस्यु बाक्लो हुने वा स्तन र काखी नजिकै गाँठोको रूपमा देखा पर्छ । तर, यो एक मात्र यसको लक्षण होइन ।

क्यान्सर हुँदा गाँठागुँठीबाहेक अन्य लक्षण पनि देखाउन सक्ने हुँदा सतर्क रहन आवश्यक हुन्छ ।

स्तनको टुप्पो (निप्पल)बाट रगत बग्नु, स्तनको टुप्पो वरिपरिको छाला चम्कनु, एरिथेमा अर्थात् छाती वा स्तनको छालाको रातो, बैजनी वा निलो रङ्गको जस्तो देखिनु आदि लक्षण देखिन सक्छन् ।

त्यसैगरी, लिम्फ नोड्स प्रभावित भएको कारणले काखी र कुम सुन्निनु, स्तनतिरको छालाको मोटाइ बढ्नु, छालामा परिवर्तन आउनु, छालामा खाल्डो जस्तो हुनु, निप्पल क्षेत्र आकार र स्तनको आकारमा परिवर्तन हुनु र अत्यधिक दुखाइ हुनुलाई पनि यसको लक्षणका रूपमा हेर्ने गरिएको पाइन्छ ।

यस्ता समस्या भएमा तथा केही परिवर्तन देखेका महिलाहरूले एकपटक जाँचको लागि डाक्टरकोमा जानु जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर