२५ माघ २०७७, आइतवार

मानसिक स्वास्थ्यदेखि प्रतिरक्षा बढाउन, भिटामिन डीले हाम्रो स्वास्थ्यलाई एकभन्दा बढी तरिकाले फाइदा गर्छ ।

घाममा बस्नु भिटामिन डीको मुख्य स्रोत हो ।

भिटामिन डी समृद्ध धेरै खाद्यपदार्थ छैनन् । शरीरमा चाहिनेभन्दा भिटामिन डीको स्तर कम छ भने डाक्टरको सल्लाहमा भिटमिन डीको औषधि वा सप्लिमेन्ट लिनु सुरक्षित हुन्छ ।

तर, साधारण सोचिने एक खानाले भिटामिन डीको दैनिक सिफारिस गरिएको मात्रा प्रदान गर्न सक्षम हुने नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

फुड साइन्स एन्ड न्यूट्रिसन नामक जर्नलमा दैनिक खानामा च्याउ (मसरुम) थपेमा शरीरमा भिटामिन डीको स्तर बढाउन मद्दत गर्न सकिने उल्लेख गरिएको छ ।

अध्ययनमा मानिसहरूलाई दिइने प्रत्येक प्रकारको च्याउको सेवनले हुने स्वास्थ्य लाभको मूल्याङ्कन गरेको थियो ।

अध्ययनको क्रममा प्रत्येक सहभागीलाई दैनिक ८४ ग्राम च्याउ खान लगाइएको थियो ।

च्याउको सेवनले फाइबर, तामा, फास्फोरस, पोटेसियम, सेलेनियम, जिङ्क, राइबोफ्लेविन, नियासिन र कोलीनको स्तर बढाएको अध्ययनले पत्ता लगाएको छ ।

साथै, यूभी प्रकाशमा परेको च्याउनको एक पटकको सेवनले मात्र पनि भिटामिन डीको सिफारिस गरिएको दैनिक मात्रा पूरा गर्न वा शरीरमा भिटामिन डिको मात्रा बढाउन मद्दत गर्ने अध्ययनको मुख्य निष्कर्ष रहेको छ ।

च्याउलाई थप भिटामिन डीको साथ समृद्ध गर्न घामको प्रकाशमा केही घण्टा राखिएको च्याउको सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर