२९ पुस २०७७

काखीको कालोपनः काखीको छाला सामान्यतः केही कालो हुन्छ ।

तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ ।

सेतो वा पहेँलो दागः छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ ।

यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

आँखी भौं पातलो हुनुः आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन ।

तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ ।

नङमा कालो दागः नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ ।

चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनुः खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ ।

किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनुः अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ ।

यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओंठ फुट्नुः ओंठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो ।

यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

रुखो छालाः सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय ।

तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जीः छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ ।

तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

डन्डिफोरः अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ ।

साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर