
१३ पौष २०७७, सोमवार
कान दुख्नु रोगलाई हामि नेपालीले सामान्यरुपमा लिन्छौ । कानमा तेल राख्ने र कानमा रुई हालेर कन्याउने भन्दा हामिले कानको खासै स्याहार सुसार गर्देनौ । तर कानलाई वेवास्था गरियो भने कानले जटिल समस्या पनि आउन सक्छ ।
किन दुख्छ कान ?
कान दुख्ने धेरै कारण हुनसक्छ । त्यसमा मुख्य कारणहरु निम्न छन्ः
१. कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने कान दुख्ने गर्दछ ।
२. कानमा मैला जम्मा भयो भने पनि कान दुख्न सक्छ ।
३. कानभित्र पानी परेमा समेत कानको दुखाई हुनसक्छ ।
४. कानमा किरा पस्यो वा कुनै कुरा बिझ्यो भनेपनि कान दुख्ने गर्दछ ।
कान दुख्नुको अवाला अन्य विभिन्न रोगका कारणले पनि कानमा समस्या हुनसक्छ । कानको रोगको लक्षणमा कान कम सुन्नु, कान चिलाउनु, कान दुख्नु र कानमा भारिपन महसुश हुनु
मुख्य हुन् ।
कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने ?
१. सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ ।
२. दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ ।
३. सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ । लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ ।
४. जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ ।
५. कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ ।
तर स्मरण रहोस् घरायशी उपचारका अलावा चिकित्सकको परामर्श सबैभन्दा उत्तम हुन्छ ।