काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न दाहाल बुधबार (आज) विहान ११ बजे बालुवाटार पुग्नुभएको हो ।

बालुवाटार श्रोतका अनुसार उक्त भेटवार्ताका क्रममा अध्यक्षद्वयबीच एक घण्टासम्म संवाद भएको छ । नेकपाको स्थायी कमिटी बैठक यही २८ गते बस्न लागेको सन्दर्भमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।

https://amzn.to/4myfPN5

यस अघि गत शुक्रबार पनि अध्यक्षद्वयबीच भेट भएको थियो । शनिबारको सचिवालय बैठकअघि उहाँहरुबीच संवाद भएको थियो । पार्टीको आन्तरिक विवाद चुलिएका बेला अध्यक्षद्वयबीचको संवाद कम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर