एजेन्सी, बेलायतले  उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया महिलालाई फाइजर/बायोएनटेक कोभिड भ्याक्सिन लगाएर कोभिड-१९ विरुद्धको खोप सुरुआत गरेको छ। परीक्षणपछि उपचारका लागि पहिलो भ्याक्सिन लगाएकी एन्निसकेलिनकी मार्गरेट किनानले  “आफू भाग्यशाली रहेको” प्रतिक्रिय दिइन्। उनलाई कोभन्ट्री युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा खोप लगाइएको हो।

बेलायतका खोप केन्द्रबाट सुरुमा केही स्वास्थ्यकर्मी र ८० वर्षभन्दामाथिका संक्रमितलाई भ्याक्सिन लगाइने बताइएको छ। यो खोप अभियानले महामारीलाई नियन्त्रणमा ल्याउने र मानिसलाई कोरोना कहर अगाडिको सामान्य जीवनमा फर्काउने विश्वास लिइएको छ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर