२२ मंसिर २०७७, सोमवार

नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मातिहारीबाट पकाउ परेका छन्।

भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए। उनलाई लिन खटिएको प्रहरी टोली मोतिहारी पुगेको थियो।

आलमलाई आजै जिल्ला अदालत रौतहटमा बुझाइने प्रहरीले जानकारी दिएको छ। २०६४ चैत २७ मा रौतहटमा भएक बम विष्फोटको घटनामा संलग्न उनी फरार रहेका थिए। आलम घटनाको मुख्य योजनाकार कांग्रेस सांसद तथा पर्वमन्त्री अफताव आलमका भाइ हुन्।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शख इद्रिसको घरमा भएको विष्फोटका घाइते २० वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई अफताव दाजुभाइसहितको टोलीले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ।

प्रहरीले दाजु अफतावलाई २०७६ असोज २७ मा पक्राउ गरी मुद्दा चलाएपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर