२२ मंसिर २०७७, सोमवार

कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन्।  उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरे।

‘तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, बाँकी कुरा समय आएपछि सार्वजनिक गर्नेछु’, उनले भने। कोसँग विवाह गर्दैछन् भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने उनको भनाइ छ। ‘केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्छु’, उनले भने। यो गजुरेलको दोश्रो विवाह हो।

उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो।

उनीहरूका एक छोरा र छोरी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर