काठमाडौं, १९ मंसिर । कालापानी विवादका कारण संवादहीनतातर्फ मोडिएको नेपालभारतको सम्बन्ध सकारात्मकतातिर मोडिएको परराष्ट्रमन्त्री प्रदीप जवालीले बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री ज्ञवालीले भारतसँग रहेको संवादहीनता अन्त्य भएको बताएका हुन्।
भारतीयपक्षबाट भएको उच्चस्तरिय भेटवार्ताले यसको पुष्टि गरेको मन्त्री ज्ञवाली भनाइ छ । समितिमा बोल्दै उनले भनेका, सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू, उनले भने, उहाँ रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आउनुभएको हो।
मन्त्री ज्ञवालीले यसअघि पनि कहिले व्यापारी अनि कहिले धार्मिक, साँस्कृतिक, नागरिक समूह प्रयोग हुने गरेको बताए। उनले रअ प्रमुखको भ्रमणलाई ठूलो विषय बनाउन नहुने भन्दै गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने तर्क गरे।









