१८ मङ्सिर २०७७                                             मुलुकभर हालसम्म ६ जिल्ला मात्र पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी ६ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी ६ वटा जिल्लामा १० हजार १ सय ९१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा  ६ हजार ३ सय ३७ जना रहेका छन् ।

त्यसैगरी ललितपुरमा १ हजार २ सय ७६ र भक्तपुरमा ५ सय ८५ जना सक्रिय संक्रमित छन्।

झापामा ७ सय ३०, मोरङमा ५ सय ५१ र कास्कीमा ७ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार