काठमाडौं, २०७७ मङ्सिर १५ गते
पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र  सोही ठाउँ बस्ने २८ वर्षीय  बिकेश लामा रहेका छन् ।
मङ्सिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना.७ ख २९९५ र ना.७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी प्राप्त भए पश्चात् उक्त टैंकरका चालकहरू अजय र बिकेशलाई पक्राउ गरेको हो । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगि बेच्ने र आयल निगमलाई हानी नोक्सानी पुर्‍याई ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर