काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री ओली अहिले ताप्लेजुङको घुन्सा पुग्नु भएको छ । प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट घुन्सा क्षेत्रको निरिक्षण गर्नुभएको छ भने अहिले त्यहाँ आयोजित स्वास्थ्य इकाइ भवनको उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हो । पूर्वी क्षेत्रको भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा पुग्नुभएको हो ।
ताप्लेजुङको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीले त्यहाँ स्थापना गरिने सिमा सुरक्षा चौकीको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई समेत भ्रमणमा सहभागी हुनुहुन्छ ।









