बालिङ । विश्वव्यापीरूपमा फैलिएकाे काेभिड १९ काे महामारीकाे न्यूनिकरण गर्न मंसिर ५ गते राती १२ बजे देखि मंसिर १२ गते राती १२ बजे सम्म विपद् अवस्था घाेषणा गरेकाे छ ।
विश्वव्यापीरुपमा फैलिएको काेभिड – १९ महामारीका कारण वालिङ नगरपालिकाका क्षेत्रभित्र समुदायस्तरमा द्रुतगतिमा संक्रमण फैलाउँदै गएको छ।
२०७६ साल चैत्र ११ देखि २०७० असोज मसान्त सम्म संक्रमण भन्दा कात्तिक महिनाको संक्रमणहरू बढिरहेको अवस्थामा जोखिम न्यूनीकरणको लागि गरौ प्राथमिक अस्पताल RRT बैठकबाट संक्रमणको दर उच्च रहेकाले थप जोखिम न्यूनिकरणका लागि कदम चल्नका लागि सिफरिस भइ आएको, नगर स्तरीय काेभिड –१९ क्राइसिस म्यानेजमेण्ट कमिटिको सिफारिसको आधारमा नगरवासीको स्वास्थ्य प्रति उच्च सतर्कता अपनाउँदै जनस्वास्थ्य सेवा ऐन २०७५ काे दफा २४ को उपदफ ४ एवं जन स्वास्थ्य निमावली२०७७ को नियम २४ को उपनियम ४ ले दिएको अधिकारमा यही २०७७ मंसिर ५ गते राति १२ बजेदेखि मंसिर १२ गतेको राति १२ बजेसम्म लागू हुने गरी जनस्वास्थ्य विपत अवस्थाको घोषणा गरिएको छ।
उक्त अवधिमा मानिसहरुकाे भिडभाड हुने स्थानहरु बैंक तथा वित्तीय संस्था, सहकारी तथा गैरसरकारी संस्थान विद्यालय, पसल तथा बजार सवारी साधन (अत्यावश्यक बाहेक) अन्य सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएकाे छ ।
उक्त अवधिमा सभा समारोह, भेला, विवाह, व्रतवन्ध मृत्यु संस्कार तथा संस्कृति तथा धार्मिक कार्यहरुमा स्वास्थ्य मापदण्ड अपनाइ २५ जना भन्दा बढि भेला नहुन विज्ञप्ति मार्फत अनुराेध गरेकाे छ ।









