४ मंसिर । गण्डकी प्रदेशमा आज १४० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका-५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी९पूर्व० का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दू शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर