३ मङ्सिर २०७७                                                  पछिल्लो केही दिन यता कोरोना भाइरसको परीक्षणको संख्या घटीरहेको छ ।चाडपर्वका कारण परीक्षण घटेको सरकारले दावी गर्दा संक्रमित थपिनेको संख्या पनि कम छ । तर, यसबीचमा मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । कात्तिक २८ गते यता अर्थात् ६ दिनमा मात्रै कोरोनाबाट ५७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन । काठमाडौं उपत्यकामा मात्रै संक्रमित १ लाख नाघिसक्दा र निको हुनेको दर पनि बढीरहँदा धेरैले संक्रमण फैलन कम भएको दावी गर्न थालेका छन् । तर, सरकारले हरेक दिन पेश गर्ने विवरणमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक उकालो लागेको छ ।

चाडपर्वमा पनि यो क्रम रोकिएको छैन भने मृत्यु हुनेको संख्यामा पनि कमी आएको छैन । कात्तिक २८ यता मात्रै ५७ जना संक्रमितले ज्यान गुमाउनुभनेको हरेक दिन ९ जनाको मृत्यु हुनु हो । कात्तिक २८ गतेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ थियो ।

कात्तिक २८ यता कोरोनाबाट मृत्यु हुनेको संख्या

कात्तिक २८ गते : १३ जना
कात्तिक २९ गते : १३ जना
कात्तिक ३० गते : ६ जना
मंसिर १ गते : ९ जना
मंसिर २ गते : १७ जना
मंसिर ३ गते : १२ जना

योसँगै हालसम्म १ हजार २ सय ५९ जना संक्रमितले ज्यान गुमाएका छन् । उता, विश्वभरको कुरा गर्ने हो भने हालसम्म १३ लाख ४३ हजार ३ सय ८८ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनु्सार यो भनेको २ दशमलव ४ प्रतिशत हो । नेपालको कुरा गर्ने हो भने यो दर ० दशमलव ६ प्रतिशत हो । कोरोनाका कारण मृत्यु हुनेमा दीर्घ रोगी र जेष्ठ नागरिक मात्र छैनन् ।

युवा र यसअघि कुनै समस्या नै नदेखिएका व्यक्तिको पनि कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । त्यसैले अब कोरोनाबाट जोगिन आफैँ सजग हुनुको विकल्प छैन । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने र आइसोलेट गर्ने अभ्यासलाई निरन्तरता नदिने हो भने कोरोना संक्रमणकाल धेरै लम्बिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर