२९ कार्तिक २०७७                                             पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई  कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७७ हजार ६४५ , ललितपुरमा ११ हजार १६२ र भक्तपुरमा ७ हजार ४४ संक्रमित भएका मध्ये काठमाडौंका ६१ हजार ३७९, ललितपुरका ८ हजार ७३२   र भक्तपुरका ५ हजार ६६२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ हजार ९६७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा १ हजार ३०६ सक्रिय संक्रमित रहेका छन्।

आज उपत्यकामा ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुरमा ३ संक्रमितको मृत्यु भएको छ।

उपत्यकामा अहिलेसम्म ४५९ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९९, ललितपुरमा ८४ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

२४ घण्टामा २ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार  ६३२ पुगेको छ।

२४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २१३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर