
२९ कार्तिक २०७७ पाल्पामा एक घरमा भएको आगलागी बाट झण्डै १० लाखको क्षति भएको छ । रैनादेवीछहरा गाउँपालिका ४ का पुर्ण बहादुर रानाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ । ढुङ्गा माटा अनि जस्ता पाताको छानो भएको ३ तले घरमा आगलागी भएको हो ।
अचानक बिद्युत सर्ट भई आगोलाग्दा घर भित्रका नगद, गरगहना, लत्ताकपडा, अन्नपात,भाडाबर्तन गरी ९ लाख ९० हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।