
२६ कार्तिक २०७७ पाल्पामा कालीगण्डकी नदिमा डुबेर एक जना बेपत्ता भएका छन् । रामपुर नगर पालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदिमा दाउरा निकाल्ने क्रममा सुवास बोटे डुबेर बेपत्ता भएका हुन । बेपत्ता हुनेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ९ बस्ने सुवास बोटे रहेको पाल्पा प्रहरीले जनाएको छ । सुवास बोटे अन्य तीन जना साथीहरु सित दाउरा निकाल्न गएका थिए। बेपत्ता भएका सुबास बोटेको प्रहरी र स्थानीय द्वारा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।