२४ कार्तिक २०७७
धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए