
२३ कार्तिक २०७७ रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिका –१ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको हो ।
आइतबार बिहान साढे १० बजे कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार थालिएको तीन घण्टापछि आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले बताए । उनी उच्च रक्त चापसम्बन्धी रोगबाट ग्रसित थिए ।