२१ कार्तिक २०७७                                           नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०१५३ जनाको पीसीआर परीक्षण हुँदा २९०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर