२१ कार्तिक २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्ने भएका छन्। बैठक ३ बजेका लागि बोलाइएको बताइएको छ।
नेता सुवास नेम्वाङका अनुसार सचिवालय सदस्यहरुसँग छलफल गर्न प्रचण्डले बैठक डाकेका हुन्।
‘तपाईँ बालुवाटार आउँदिन भनेर निस्कनुभएछ भनेर मैले सोधेँ। उहाँले अहिले त्यस्तो होइन, आज धुम्बाराहीमा छलफल गर्छु भनेको हुँ। धुम्बाराहीको छलफलपछि म प्रधानमन्त्रीसँग कुरा गर्छु भनेको हुँ,’ नेम्वाङले भने।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको जानकारी दिए। बैठकमा भने सबै सचिवालय सदस्यहरुको सहभागिता रहने नरहनेबारे केही कुरा बताएको छैन।