२०कार्तिक २०७७                                             राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष जनरल एम.एम.नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिनुभएको छ ।

विहीबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिनुभएको हो ।

https://amzn.to/4myfPN5

 

सोही अवसरमा सेनाध्यक्ष नरवणेलाई उपहारको रुपमा तरवार पनि दिइएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपति सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच द्वीपक्षीय सहयोगका विषयमा कुराकानी भएको भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर