पहिलो खेलमा मिथली राजको कप्तानीमा रहेको भेलोसिटीले हर्मी कौरको कप्तानीमा रहेको सुपरढ नोभालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सुपरनोभाले दिएको १२७ रनको लक्ष्य भेलोसिटीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भेलोसिटीलाई जित दिलाउन सुने लुसले आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ३७ रन बनाइन् । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । टप अर्डर सस्तैमा आउट हुँदा भेलोसिटीको मिडल अर्डरले राम्रो ब्याटिङ गरेको थियो । भेलोसिटीका लागि विकेटकिपर सुस्मा बर्माले ३४ र भेदा कृष्णमुर्तीले २९ रन योगदान गरिन् ।

सुपरनोभाका अयोबोङ्गा खाकाले २ विकेट लिइन् ।

त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको सुपरनोभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । सुपरनोभाका लागि चमारी अट्टुपट्टुले सर्वाधिक ४४ रन बनाइन् । यस्तै कप्तान कौरले ३१ रन जोडिन् ।

भेलोसिटीका लागि एकता विष्टले ३ तथा जहनारा आलम र लेइघ कास्परेकले २–२ विकेट लिइन् ।

तीन टिम मात्र सहभागी लिगमा राउण्ड रोबिन लिगको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन्

प्रतिक्रिया

सम्बन्धित खवर