 
							२० कार्तिक २०७७ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।
उनलाई हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com