 
							१९ कार्तिक २०७७ वीर अस्पताल इमर्जेन्सी विभागमा कार्यरत मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् । राखिएका मागहरु पुरा नभएको भन्दै ती अधिकृतहरुले राजीनामा दिएका हुन्।
कोरोना महामारीमा देखिएको समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि माग पूरा नभएको, ज्यालादारी भनेर दसैंतिहार भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्ताको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको अस्पताल प्रशासनलाई आरो लगाईएको छ ।
१६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, ‘उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।’


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com