१९ कार्तिक २०७७                                               डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ .

गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर