१९ कार्तिक २०७७                                                 पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गर्नुभएकाे छ ।

‘प्रतिनिधिसभाका सदस्य एवं पूर्व सभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अन्त्यन्त दु:ख लागेको छ,’ प्रधानमन्त्री ओलीले ट्विटमार्फत् भन्नुभएकाे छ, ‘म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्व सभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

https://amzn.to/4myfPN5

महरा पत्नी सीताको आज बिहान मृत्यु भएको हो । कोभिड १९ संक्रमण भएको उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।  गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर