 
							१८ कार्तिक २०७७ धनगढीः कञ्चनपुर प्रहरीले बहुविवाह गर्ने २ युवायुवतीलाई पक्राउ गरेको छ ।
जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ३ बैतडाबाट बहुविवाह गर्ने २ युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट ३ बस्ने २५ वर्षीय सुरेश लुहार र बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया दीपा जोशीलाई बहुविवाह मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।
२०७४ सालदेखि फरार रहेका उनीहरुलाई ३ वर्षपछि पक्राउ गरिएको हो । लुहारकी श्रीमतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com