१८ कार्तिक २०७७                                       सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर रहेका छन् । गोपालले आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।गोपालको कुटपिटबाट गम्भीर घाइते भएकी छायाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोपाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर