१८ कार्तिक २०७७                                                   नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ३ जना  नेता बाँकेमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका-६ का २६ वर्षीय भरत विक, सानीत्रिवेणी गाउँपालिका-९ का ३० वर्षीय रामबहादुर तिरुवा र अछामको कमलबजार नगरपालिका-६ का २६ वर्षीय डिम्बरबहादुर शाही रहेका छन् । विक र तिरुवा बाँके जिल्ला सदस्य हुने भने शाही विद्यार्थीका बाँके अध्यक्ष हुन् ।                          जिल्लामा विभिन्न गतिविधि सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर