१७ कार्तिक २०७७                                       महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्रिकेटको सट्टाबाजी गरी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

लकडाउनको समयमा विभिन्न प्रलोभन देखाई अन्लाईन बाट ग्यामलिङ्ग र बेटिङ्ग मार्फत ५० लाख ठगि गरेको जाहेरीको आधारमा महाशाखाले दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला प्यूठान, नौवहिनी गा.पा.वडा नं.०४ घर भई हाल ललितपुर, झम्सिखेल बस्ने बर्ष ३८ वर्ष को दिपक गुरूङ भन्ने डुबलाल घर्तिमगर र जिल्ला प्यूठान, नौवहिनी गा।पा।वडा नं,०४ घर भई हाल ललितपुर, ईमाडोल बस्ने बर्ष २० को सुनिल पुनमगरलाई पक्राउ गरिएको बताए ।

दीपक गुरूङलाई काठमाडौं नक्साल नागपोखरीबाट पक्राउ गरिएको हो भने सुनिल पुन मगरलाई ललितपुर, ईमाडोलवाट प्रहरी टोलीले पक्राउ गरेको महाशाखा प्रमुख थापाको भनाई छ ।

 

प्रहरीले गुरूङको साथबाट ल्पाप्टप, मोबाइल र भारतिय आधार कार्डहरू बरामद गरेको छ भने पुनमगरको साथबाट नगद रू ८ लाख र मोबाईल बरामद गरिएको अपराध महाशाखाले जनाएको छ ।

असाेज २५ गते केही युवाहरू महानगरीय प्रहरी अपराध महाशाखामा अन्लाईनबाट आफुहरूलाई केही गिरोहले ठगि गरेको भने उजुरी लिएर एक युवा पुग्छन ।

उल्लेखित व्यक्तिहरूको विरूद्धमा मोबाईल मार्फत अनलाईन जुवा खेलाई क्रिकेटको सट्टाबाजी गरी ठगी गरेको जाहेरी परेपछि महाशाखा प्रमुख एसएसपी थापाले डिएसपीको कमान्डको टोली अनुसन्धानको लागि परिचालित हुन्छ ।
अनुसन्धानको क्रममा सुनिल पुनमगरलाई ललितपुर, ईमाडोलवाट र दीपक गुरूङ भन्ने डुबलाल घर्तिमगरलाई काठमाडौं नक्साल नागपोखरीबाट पक्राउ गर्न सफल हुन्छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा दिपक गुरूङ भन्ने डुबलाल घर्तिमगर श्रीलंकन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा ऐजेन्टको रूपमा काम गर्ने व्यक्त हुन् । डुबलाल घर्तिमगरले दिपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधारका समेत बनाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

घर्तिमगरले भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरू जुवा खेलाउने गरेको एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर