
१६ कार्तिक २०७७ बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ ।
चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मस्र्याङ्दी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अाेम प्रकाश पुनले बताए ।
सदस्यबाट उठाएका रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताए ।