
१६ कार्तिक २०७७ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १३ हजार २९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८२४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १६२२ छन् । काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनालाई कोरोना पोजेटिभ देखिएको हाे ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ६२० रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ७६५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।
जम्मा संक्रमितको संख्या १ लाख ७३ हजार ७६५ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।