
१६ कार्तिक २०७७, आइतवार
गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । फिल्म युट्युबमा शनिवार अपलोड गरिएको हो । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जनाइएको छ । फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग छ । दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ ।