१६ कार्तिक २०७७, आइतवार

ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

https://amzn.to/4myfPN5

उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराए। पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर