
१६ कार्तिक २०७७, आइतवार
पूर्वराज्यमन्त्री खोभारी राय काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको जानकारी दिए ।
राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।
२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।