
१६ कार्तिक २०७७, आइतवार
मलेसियामा कम्पनीमा काम गर्दा हात गुमाएका एक नेपालीको हात इलेक्ट्रोनिक हात जोडिएको छ । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२, बह्रमपुरीका दिपक प्रसाद साह कामको सिलसिलामा मलेसिया २६ नोभेम्बरमा मेशिनले हात छिनाली दिएकोमा कम्पनीले उपचार गराई हात राखिदिएको हो ।
दिपक मलेसियाको मलक्कामा रहेको वाई एच आई नामको फलाम कम्पनीमा कार्यरत रहेको अवस्थामा उनको दाहिने हात मेशिनले काटिदिएको थियो ।
हाल कम्पनीले उपचार गराईरहेको भएपनि उनले पाउने क्षतीपूर्तीको वारेमा भने राम्रो संग पहल नभएको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।