
१५ कार्तिक २०७७ पछिल्लो २४ घण्टामा देशभर २५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले काेराेना सम्बन्धि विवरण अध्यावधिक गर्दै थप २५०८ मा संक्रमण पुष्टि भएको जनाएकाे हाे ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ३५७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५६९ महिला तथा ७८८ पुरुष गरि कुल १ हजार ३५७ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार २६४ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।
जम्मा संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।