१५ कार्तिक २०७७                                      काठमाडौँको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् । उनीहरुको अरू विवरण खुलाईएको छैन ।

घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर