१४ कार्तिक २०७७                                            साउदी अरबले आगामी वर्ष अर्थात सन् २०२१ को ६ महिनाभित्रमा नै ‘कफाला’ प्रणाली हटाउने भएको छ ।सात दशकदेखि रहँदै आएको ‘कफाला’ प्रणालीको अन्त्य भएपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ । यसअघि साउदी अरेबियाले सन् २०२० को मार्चमा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने योजना बनाएको थियो तर कोरोना महामारी फैलिएपछि हुन नसकेको जनाइएको छ।

‘कफाला’ प्रणाली हटाउने विषयमा सामाजिक विकास मन्त्रालयले आगामी हप्ता औपचारिक घोषणा गर्ने साउदीको मानव संशाधन मन्त्रालयले जनाएको छ ।

https://amzn.to/4myfPN5

यस प्रणालीको खारेजीपछि नेपालीसंगै आप्रवासी कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक बिना अन्तिम राहदानी निकास टिकट प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर