
१३ कार्तिक २०७७, बिहिवार
मलेसियका मानव संसाधनमन्त्री एम सारावाननले, आउदो महिना नोभेम्बर १ तारिख २०२० रिहाईरिङ्ग कार्यक्रम शुरुहुने वताएका छन । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै उनले रोजगारदाता कार्यक्रममा सहभागीभएर राष्ट्रिय रोजगार अनलाइन पोर्टल “माईफ्युचर जब ड्टकम” मार्फत काम गर्न चाहने इच्छुक स्वदेशी तथा विदेशी कामदारहरुलाई काममा लिन सकिने उनले जानकारी दिए ।
रोजगारी दिनको लागी रोजगारदाताहरुले पहिलो चरणमा माईफ्युचर जबमा बिज्ञापन दिनुपर्ने पर्ने त्यसपछि बिज्ञापन हेरेर पनि ग्राहयतामा राखिएको स्थानीय कामदारले काम गर्नको लागी आवेदन नदिए त्यस पश्चात् स्वदेशीको विकल्पमा विदेशी कामदारलाई रोजगारीमा लगाउन सकिने मन्त्रीले वताए ।
स्थानिय नागरिकलाई जागिरको लागि पहिलो प्राथमिकता दिनको लागि साथै बिचौलीयाहरुलाई प्रवेश नदिन एकद्धार प्रणालीको रुपमा काम गर्नको लागि पनि उक्त प्रक्रिया अपनाइएको उनको भनाई थियो । कुनैपनि कम्पनीमा खाली रहेको पदमा स्थानिय नागरिकले काम गर्न इच्छा नदेखाएमा मात्र विदेशि कामदार राख्न पाईने छ पत्रकारसंगले उनले उक्त कुरा दोहोरयाईरहे ।
विदेशी कामदारको हकमा भने के – कस्तो सेक्टर र कुन पोस्टको लागी बैधानिक अथवा अबैधानिक कामदारलाई यस् रिहाईरिङ्ग कार्यक्रम अन्तर्गत ल्याउन सकिने अथवा काममा लगाउन सकिने वा नसकिने भन्ने थप ब्यवस्था बारे बिस्तृत रुपमा जानकारी आउन बाँकीनै रहेको छ।( बरनामा