१३ कार्तिक २०७७, बिहिवार

पाल्पा बाट बुटवल तर्फ गैरहेको लु २ ख ३०६७ नम्बरको टिप्पर र वुटवल वाट पाल्पा तर्फ गैरहेको लु १ ख ९९८२ वस तानसेन नगरपालिका वडा न ७ वासँटारीमा ठोक्किदा वसमा सवार आठ जना घाईते भएका छन । घाईतेमा  बसका चालक रिब्दीकोट २ का ४५ बर्षिय केशब भटराई, रिब्दीकोट १ का २३ बर्र्षिय शालिकराम बिक, सोही स्थानका ५८ बर्षिय चन्द्र बहादुर सुनार, बुटवल उपमहानगर ३ रुपन्देही बस्ने १६ बर्षिया पुजा सुनार, पूर्बखोला गाउँपालिका ३ पाल्पाकी ३२ बर्षिया हिरादेबी राना, रिब्दीकोट गाउँपालिका ४ पाल्पाका ३४ बर्षिय शेर बहादुर थापा, तिलोत्तमा नगरपालिका ३, रुपन्देहीकी ७१ बर्षिया दुर्पता गैरे र नवरपरासी अस्नैया गणेशवस्ति बस्ने ६ बर्षिय योगेश घर्ती रहेका छन । घाईतेहरुको लुम्विनी मेडिकल कजेज प्रवासमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर