
१३ कार्तिक २०७७, बिहिवार
जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको यातायात व्यवस्था कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहले जानकारी दिए। यो घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले भने।