
९ कात्तिक २०७७ मुलुकमा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
प्रदेश अनुसार सबै भन्दा धेरै वागमती प्रदेशमा १ हजार ८ सय ४९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ९ जना थपिएका छन् ।
त्यसबाहेक २४ घण्टामा प्रदेश १ मा ५ सय ३९ जना, प्रदेश २ मा ५९ जना, गण्डकी प्रदेशमा १ सय ७८ जना, लुम्बिनी प्रदेशमा १ सय ४६ र सुदूरपश्चिम प्रदेशमा ७६ जना संक्रमित थपिएका छन् ।